पोखरामा सम्पन्न बुद्धिचाल प्रतियोगिताको छनोटमा पुजा र सविन प्रथम
पाेखरा | भदौ १८, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन् ।
कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् । यसैगरी कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय भए । उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी खेलेका थिए ।
यसैगरी बागलुङका लेख बहादुर थापा ४ अंकका साथ तृतिय भए । उनले ४ खेलमा जित र एक खेलमा हार बेहोरेका थिए । पुरुषतर्फ २३ जना प्रतियोगिले भाग लिएका थिए ।
यसैगरी बुद्धिचाल प्रतियोगीताको महिलातर्फ कास्कीकी पुजा भण्डारी प्रथम हुन सफल भइन् । उनले कुल ५ राउण्ड खेलमा ५ वटै खेल जित्दै प्रथम हुन सफल बनेकी हुन् । यसैगरी ४ राउण्डमा प्रथम र एक राउण्डमा पराजय भोगेर कुल ४ अंक जोडेकी लमजुङकी स्तुती खवास द्धितिय बनिन् । ३ राउण्डमा जित एक राउण्डमा हार र एक राउण्डमा बराबरी खेलेकी बागलुङकी झरना थापा तृतिय बनिन् । महिलातर्फ १३ जना खेलाडीले नाम दर्ता गराएपनि १२ जना खेलाडीले प्रतियोगितामा सहभागीता जनाए ।
बुद्धिचाल प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहुँ , बागलुङ, लमजुङ, मुस्ताङ, पर्वत, स्याङजा र नवलपुर जिल्लाले सहभागीता जनाएका थिए । मनाङ, गोरखा र म्याग्दि जिल्लाले भने सहभागीता जनाएन । बुद्धिचाल प्रतियोगिताको लागि संयोजकको जिम्मेवारी ओम प्रसाद उपाध्याय र प्रशिक्षकको जिम्मेवारी शुक्र प्रसाद प्रधानलाई दिइएको थियो ।
प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीता पोखरा सिर्जनाचोकस्थित स्टार लाउञ्ज एण्ड बारमा भएको हो । प्रथम, द्धितिय र तृतिय भई छनोट भएका खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन् । उनीहरुले अब केही दिनपछि बन्दप्रशिक्षणमा सहभागिता जनाउने प्रशिक्षक प्रधानले बताए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

